‘दोषिलाई कानूनी दायरामा ल्याउन ढीला गर्नुहुदैन्’ पूर्वमुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलाेचन भट्टले नक्कली भूटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको भन्दै दाेषिलाई कानूनी दायरामा ल्याउन ढीलाे गर्नु नहुने बताएका छन् । समसामयीक राजनीतिबारे सुदूर आवाजसँगकाे कुराकानीमा पूर्वमुख्यमन्त्री भट्टले साे कुरा बताएका हुन् ।

‘सुरक्षा सल्लाहकार र सचिव पक्रिदासम्म तीब्र गतिमा देखिएकाे प्रहरी किन कमजाेर भयाे ? चासाेकाे विषय भएकाे छ । दाेषिलाई कानूनी दायरामा ल्याउनुपर्छ सरकार पछिहट्नु हुदैन् ।’ “नक्कली शरणार्थीका प्रकरणमा कुनै नेतालाई बचाउने कार्यमा लाग्न हुन्न, यस्ता  कलङ्कलाई निस्तेज तुल्याउनुपर्छ ।”

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री भट्टले अगाडी भने- ‘अर्काेतर्फ सुशासन दिने र भ्रष्टाचार नियन्त्रणका चर्का कुरा गर्ने नयाँ पार्टीले नक्कली भूटानी शरणार्थी प्रकरण उठ्नासाथ सरकरलाई दिएकाे समर्थन फिर्ता लिएकाे देख्दा सरकारलाई दवावमा राख्न खाेजेकाे देखिन्छ ।’ 

तर, सरकारकाे नेतृत्व दवाव झेल्न सक्ने स्वतन्त्र निर्णय लिनसक्ने क्षमता राख्ने भएकाले आम नागरीक चासाेकासाथ हेरिरहेकाे उनकाे भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.