धनगढी । कैलालीको धनगढीस्थित चटकपुरमा रहेको मायामेट्रो हस्पिटलले नयाँ वर्षको अवसरमा बिरामी, ग्राहक एव् कर्मचारीहरुलाई कामकाजमा सहजताका लागि बैशाख १ गतेका दिन मोबाईल एप्स संचालनमा ल्याउने भएको छ ।
मोबाईल एप्समार्फत टाढा टाढा रहेका बिरामी एव् ग्राहकले अनलाईनबाटै नाम दर्ता, टेलिमेडिसियन, ल्याब रिपोर्टसँगै अस्पतालबाट दिईदै आएका सेवा सुविधा एप्सबाटै जानकारी लिन सकिने कुरा अस्पतालकी प्रशासन अधिकृत मनिता तामाङले बताइन् ।
मायामेट्रो हस्पिटलको मोबाईल एप्स विश्च चर्चित एप्स निर्माण कम्पनी आईमार्क कम्कनीले निर्माण गर्न लागेको हाे । मायामेट्रो हस्पिटल नाम गरेको एप्स गुगलको प्ले स्टोरमा गएर आज नै आ-आफ्नो मोबाईलमा डाउनलोड गरी घरमै बसी बसी सेवा लिन सकिने छ ।
हाल मायामेट्रो अस्पतालले हाल संचालन गर्दै आएका सेवाहरु
- २४ घण्टे आकस्मिकतथा ट्रमा सेवा
- २४ घण्टे फार्मेसी सेवा
- Cancer Screening, FNAC तथा Biopsy सहितको Pathology सेवा
- विशेषज्ञ ओ.पि.डी. सेवा
- नवजाततथाबालरोग सेवा
- ICU/NICU/PICU/MICU सेवा
- MD Internal Medicine वाट Physician सेवा
- न्यूरो सर्जरी सेवा ( टाउकोमा चोट पटक, मष्तिस्कमा रगत जमेको, बच्चाको मष्तिस्कमा ब्रेन ट्युमर ,मेरुदण्डको चोट, स्पाइनको ट्युमरको ) शल्यक्रिया
- मुटुको रोग सम्बन्धिसेवा
- TMT, ABPM, HOLTER, Echo तथा ECG सेवा
- यूरोलोजी सेवा(Prostate मामासु पलाएको शल्यक्रिया, पिसाब नली तथा मिर्गैला कोनलीमा(PCNL/super mini PCNL/mini PCNL) भएको पथरीदुरबिन प्रबिधि बाट शल्यक्रिया सेवा
- दुरबिनप्रबिधिबाटतथाविना दुरबिनसल्य चिकित्सकिय सेवा
- स्त्री प्रसुतितथाबाझोपन सेवा
- एनेस्थेसियातथा क्रिटिकल उपचार सेवा
- हाड जोर्नी तथानशा रोग सेवा
- नाक ,कान ,घाटीतथा हेड एण्ड नेक सर्जरी सेवा
- मानसिक रोग सम्बन्धित सेवा
- दन्तचिकित्सकिय सेवा
- यौन, छाला,सौन्र्दर्य तथा कपाल प्रत्यारोपण सेवा
- फिजीयोथेरापी सेवा
- क्यान्सर सेवातथा परामर्श
- MRI तथा अत्याधुनिक CT Scan(64 Slice) सेवा
- बतानुकुलित OPD तथा AC Deluxe Cabin सहितको सेवा
- अत्याधुनिक Video x-ray तथा Digital x-ray सेवा
- Online Appointment सेवा
- Online Payment सेवा