राप्रपा सरकारबाट बाहिरियो, एमाले छलफलमा

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो।

गत पुस १० गते बनेको नयाँ गठबन्धनमा सहभागी भएकाे राप्रपा माघ ३ गते अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा तीन जना मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको थियो। साथै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकले आठ दलीय गठबन्धन बनाउने निर्णयसँगै राप्रपा सरकारबाट बाहिरिएको हो।

सहमतिकाे राष्ट्रपति खाेज्ने किचलाेमा एकपछि अर्काे तास खेलेझै सत्ता गठबन्धनकाे प्रमुख दल एमालेले आफ्नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेपछि प्रधानमन्त्री प्रचण्डले चुनावअघिकाे सत्ता गठबन्धन ब्युताएका छन् । नेकपा माओवादी केन्द्र लगायतका ८ दलले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेपछि एमालेको सचिवालय बैठक बसेकाे हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकबाट सरकारको भविष्यबारेमा नयाँ निर्णय लिइनेछ । त्यस्तै  राष्ट्रपति पदका लागि उम्मेदवारी दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.