रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी मुद्दामा प्रत्यर्थी झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार प्रत्यर्थी झिकाउन आदेश दिएको हो।

यससँगै नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीसहितले विपक्षी बनाएकाहरू सर्वोच्च अदालतमा उपस्थित हुनुपर्ने भएको छ। यसअघि ८ पटकसम्म साधारण तारिख र ६ पटक पेसी सरेको थियो। सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

फैसलामा चित्त नबुझेपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । रेशमसहित सीताराम चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, राजकुमार कठरिया, प्रदीप चौधरी र लक्ष्मण थारूले सर्वोच्चमा पुनरावेदन निवेदन दएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.