बाम एकताका विषयमा सहमति खाेज्न माओवादी स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बोलाइएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन विकास र विस्तारको विषयमा छलफल गरिने महासचिव देव गुरुङले जानकारी दिए ।

साथै, बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेन्डा रहेका छन् । माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्नेबारे सहमति गरिसकेको छ ।

त्यस्तै, माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीसँग पनि माओवादीले एकता गर्ने तयारी गरेको छ । आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्ने बताइएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.