धनगढी । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले आज मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सुदूरपश्चिमको प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकाे हाे ।
सभामुख भण्डारी आज बिहान भएको प्रदेश सभाको निर्वाचनबाट सभामुखमा निर्वाचित भएका थिए । सो अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङ, प्रदेशका मन्त्रीहरू, प्रदेश सभाका सदस्यहरू, निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट र सङ्घ तथा प्रदेशका पूर्वमन्त्रीहरुको उपस्थिति थियो ।
सभामुख भण्डारीले आज नै पदभार सम्हाल्ने बताईएकाे छ ।