आज तराई–मधेसका धेरै ठाउँमा हुस्सु पहाडमा आसिंक बादल रहने

आइतबार बिहानीपख तराई–मधेसका धेरै भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ । दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ।बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु-कुहिरो  लाग्ने सम्भावना रहेको छ,’ महाशाखाद्वारा जारी सूचनामा भनिएको छ।

यस्तै, राति सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने अनुमान छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.