प्रधानमन्त्री दहालले २६ पुसमा विश्वासको मत लिँदै

काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २६ गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रचण्डले पुस २६ गते विश्वासको मत लिने गरी व्यवस्था मिलाइदिन महासचिवलाई आग्रह गरेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ । 

दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । संविधानको धारा ७६ को १ बाहेक विकल्पबाट प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रतिनिधिसभाको पहिलो बैठक भने पुस २५ गतेका लागि बोलाइएको छ । 

प्रधानमन्त्रीले संसदबाट विश्वासको अर्थात बहुमत सिद्ध गर्न नसके नयाँ सरकार गठनको बाटो खुल्ने छ । तर, प्रचण्डले प्रधानमन्त्री हुँदा १६९ सांसदको समर्थन लिएको हुँदा अहिलेको सत्ता समीकरणअनुसार प्रचण्डले सहजै विश्वासको मत पाउने अवस्था छ ।

अहिले सत्ताबाहिर रहेको माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पनि समर्थन लिने प्रयासमा सत्ता साझेदार छन् । त्यसो हुन सके प्रचण्डको पक्षमा १७९ सांसदको समर्थन हुनेछ ।

No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.