सरकारमा जाने/नजाने निर्णय गर्न एकीकृत समाजवादीकाे बैठक जारी

काठमाण्डाैं । नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारमा सहभागी हुने/नहुनेबारे आज निर्णय गर्ने बोलाएको पोलिटब्युरो बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पोलिटब्यूरो बैठक चलिरहेको छ ।

यसअघि  एकीकृत समाजवादीको शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा धारणा राख्ने केही सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए भने केही सदस्यले तत्काल सरकारमै सहभागी हुनुपर्ने बताएका थिए ।

स्थायी कमिटीमा आएका सुझावमाथि छलफल गरी आज बसेको पोलिटब्युरो बैठकबाट निर्णय गर्ने तयारी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.