डाँकाहरुकाे प्रतिकार गर्दा गाेली लागेर धनगढीमा फेरी एक जना घाईते

धनगढी । घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा डाँकाहरुले चलाएकाे गाेली लागेर धनगढीमा एक जना घाईते भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ९ शिवरामनगर टोलमा आज विहान २ः४५ स्थानीय प्रजापति विष्टको चोरहरूले गोली प्रहार गरेको स्थानीयले बताएका छन्।

गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन्। विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए। स्थानीयले भने प्रहरीले गोलीका खोकाहरु समेत बरामद गरेर लगेकाे छ ।

यसअघि आइतबार बेलुकी अत्तरियास्थित गोदावरी नगरपालिका-२ को सशस्त्र प्रहरी क्याम्पअगाडि गोली चलेको थियो। प्रहरीका अनुसार अत्तरिया र सुखडमा पसल राखेर सुनचाँदी व्यवसाय गर्दै आएका २८ वर्षीय विकास सुनारमाथि २ राउण्ड गोली बर्सिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.