चिसाे बढ्याे : कठ्याङ्ग्रिएर दुई जनाकाे मृत्यु, हजाराैं प्रभावित

धनगढी । हिउँदे सिजनको वर्षा नभए पनि नेपालमा चिसाे बढ्दै गएकाे छ । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको प्रहरीले जनाएकाे छ।

हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवार जनले बताएकाे छ । यता कैलाली कञ्चनपुरमा पनि केही दिनयता बाक्लाे हुस्सु लाग्ने गरेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.