धनगढी । सुदूरपश्चिमकाे चाेक भनेर चिनिने कैलालीकाे अत्तरियामा आइतबार साँझ अज्ञात समूहले दुई राउण्ड गोली प्रहार गरी स्थानीय ब्यवसायी विकाश सुनारलाई घाईते पारेर फरार भएकाहरु अझैपनि पक्राउ परेका छैनन् । प्रहरी घेराभित्रै गोली प्रहार भएपछि स्थानीय त्रसित बनेका छन्। प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको नम्बर नखुलेको सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरी फरार भएका हुन्।
गोली काण्डमा संलग्नलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन्। अत्तरियामा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका घोडाघोडी नगरपालिका–१ सुख्खडका २८ बर्षीय विकाश सुनारमाथी गोली प्रहार भएको थियो। गोली प्रहारबाट घाइते सुनारको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार हुन नसकेपछि आइतवार साँझ नै उनलाई धनगढीस्थित माया मेट्रोमा रिफर गरिएको थियो। उनको अवस्था अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
प्रदेश नम्बर ३ ०२०११ प ७३५० नम्बरको मोटरसाइकलमा अत्तरियाबाट पूर्वतर्फ गइरहेका सुनारमाथी अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको थियो। अपाची मोटरसाइकलमा आएका दुईजनाले सुनारमाथी गोली प्रहार गरेर फरारहरुको विषयमा प्रहरीले अहिलेसम्म कुनै अत्तोपत्तो पाएको छैन्। घटनास्थल लगायत क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशी बताए।