धनगढी। धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेपछि हटेको छ।
पन्चोदय उमाबि कक्षा ८ मा अध्यनरत बालिका साउदको बिहीबार धनगढी उपमहानगरपालिका–५ मा कालिका कन्सट्रक्सनको ग्रेडरले ठक्कर दिदा मृत्यु भएको थियो। उनको मृत्युपछि न्याय माग्दै स्थानीय र विद्यार्थीले आन्दोलन गरेपछि बिहीबार साँझ ७ देखि लागु हुने गरी स्थानीय प्रशासनले घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गरेको थियो।
निषेधाज्ञाकाबीच पनि शुक्रबार बिहानैदेखि स्थानीय र विद्यार्थीले विरोध प्रर्दशन गरेका थिए।