धनगढी । नेपालीहरुकाे दोस्राे ठूलाे चाँडपर्व तिहार सुरु भएकाे छ । तिहारकाे तेस्राे दिन आज गाई तिहार हाे । यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले समस्त प्रदेशबासीकाे नाममा शुभकामना सन्देश सार्वजनिक गर्दै उज्जल भविश्यकाे कामना गरेका छन् ।
सम्भावनाकाे खानी भएपनि सुदूरपश्चिम प्रदेशलाई हिजाेका राज्यशत्ता चलउनेहरुले विभिन्न किसिमका अभावमा राखेर पछाडी पारेकाे उल्लेख गर्दै शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिमेलीकाे समृद्धि र बिकास निर्माणमा एकताबद्ध हुन् हाम्राे परम्परा र चाँडपर्वले हामीलाई सधैंब प्रेरणाा दिइरहेकाे बताएका छन् ।
प्रदेशबासीकाे सुख शान्ति, समृद्धि र उत्तराेत्तर प्रगतिकासाथै भातृत्व तथा परिवारिक सम्वन्ध सुमधुरकाे कामना गर्दै उनले उज्यालाेकाे पर्व दीपावलीले थप उज्जल भबिश्य बनाउन मद्दत गराेस् भन्ने कामना समेत गरेका छन् ।