नवौँ राष्ट्रिय खेलकुद: १७२ स्वर्ण जित्दै आर्मी पहिलो, सुदूरपश्चिम साताैं

पाेखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि विभागिय टीम त्रिभुवन आर्मी क्लबले जितेको छ । १७२ स्वर्ण पदकसहित आर्मीले उपाधि कब्जा गरेको हो । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । आर्मीले थप १०९ रजत र ८९ कास्य पदकसहित ३७० पदक जितेको हो । सातौँ र आठौँ संस्करणको उपाधि पनि आर्मीले नै जितेको थियाे ।

६५ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित २१८ पदक जितेको सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोश्रो भएको छ । ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदकसहित १९५ पदक जितेर नेपाल पुलिस क्लब तेश्रो भएको छ । घरेलु मैदानमा गण्डकी प्रदेश चौथो भयो । प्रदेशहरुमध्ये गण्डकी पहिलो बनेको छ । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित १२० पदक जितेको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदकसहित १४५ पदक हात पारेर पाँचौँ स्थानमा रह्यो ।

प्रदेश १ ले १० स्वर्णसहित ८३, सुदूरपश्चिमले १० स्वर्णसहित ६३ पदक जितेर साताैं भएकाे छभने एनआरएनएले पनि १० स्वर्णसहित २६ पदक पाएको छ । लुम्बिनी प्रदेशले ६ स्वर्णसहित ६८, मधेस प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक पाएको छ । खेलहरु गण्डकी प्रदेशका ८ जिल्लामा सञ्चालन गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.