धनगढी । लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका– ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पहाडी सात जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत ठप्प भएको छ ।
कैलालीको गोदवरिमा बिजुलिको टावर ढलेपछि आईतबार बेलुकीदेखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाहरुमा बिद्युत आपुर्ति बन्द भएको छ । आईतबार बेलुकी गोदवरिको भ्यागुतेपानीमा बिजुलिको टावर ढलेपछि विजुली बन्द भएको हो । बिजुली नहुदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ । आईतबार राती स्थानीय अन्धकारमा बस्न बध्य भए । बिद्युतबाट हुने कामकाज ठप्प छन ।
उक्त स्थानमा बाटो खुलाउने कार्य भइरहेको प्रहरीले बताएकाे छ ।