धनगढी । विपतमा उद्दार र रहातमा कुनै कसर बाँकी नरहने गरी मुख्यमन्त्री त्रिलाेचन भट्टले दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा परेकाकाे उद्दारमा सरकारका मन्त्रीहरुलाई रहात सामाग्रीसहित घटनास्थल पठाएकाे छ । नेपाली सेनाको हेलिकोप्टरद्वारा प्रदेश सरकारले उद्धार थालेको हाे।
जिल्लाको नौगाड गाउँपालिका २ सल्ला गाउँमा आएको बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढीपहिरो प्रभवित क्षेत्रमा पुगेर घाइतेकाे उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल खलंगा पुराएकाे छ।
दार्चुला प्रहरीले पनि महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्याएको जनाएको छ। प्रहरीका अनुसार बाढीपहिरोमा परी ९ जना बेपत्ता भएका छन् भने ८ जना घाइते रहेका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।
गम्भीर अवस्थाका घाईतेलाई हेलिक्टरमार्फत धनगढी ल्याइदै छभने बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरु लगायतका राहत समाग्रीसहित सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुलातर्फ पठाईएकाे मुख्यमन्त्री भट्टकाे सचिवालयले जानकारी दिएकाे छ।
गम्भीर घाइतेलाई उपचारको लागि धनगढी ल्याउदै गरेकाे र थप ब्यवस्थापनकोलागि खाद्यान्न लत्ताकपडा लगायत त्रिपाल पठाएको बताएकाे छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले घाइतेको उपचार, मृतकको घरपरिवारलाई तत्काल एक लाख, घर पूर्ण क्षतिग्रस्त भएकालाई ५० हजार राहत दिने निर्णय भएको जानकारी दिए ।