धनगढीमा अपाङ्ग महासंघ स्थापनाकाे २९ ओै वार्षिकाेउत्सव मनाइयाे

धनगढी । विविध कार्यक्रमकाे आयाेजना गरि सुदूरपश्चिमकाे धनगढीमा पनि राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे २९ बर्षिकाेउत्सब मनाइएकाे छ । महासंघ स्थापनाकाे २९ वर्ष  पुरा गरि ३० बर्षमा प्रवेश गरेको उपलक्ष्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले बुधवार सराेकारवाला बाेलाएर भव्यताका साथ मनाएकाे हाे ।May be an image of 8 people, people sitting, people standing and indoor

 दिप प्रज्वलन गरेर केक काट्नुअघि अन्तरकृया समेत गरिएकाे थियाे । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिमका पुर्व अध्यक्ष भिम बहादुर शाह, रामचन्द्र जोशि, ईन्द्र पाली , फाया नेपालका लाल बहादुर महरा,समाज सेवा डोटीका सचिदानन्द जोशि, रोसन,स्पाईनल ईन्जुरी पुनःस्थापन केन्द्रका प्रज्वल घिमिरे, हेमोफेलियाका सुबोधकाे उपस्थिति रहेकाे थियाे ।

यस्तै पत्रकार भवानी ऐर, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरश्चिम सचिव नन्दराज भट्ट,कार्यक्रम अधिकृत प्रिया खडका,उर्मिला जोशि, सरस्वती बुथाथोकि, निता विष्ट लगायतको महत्त्वपूर्ण उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.