धनगढी । विविध कार्यक्रमकाे आयाेजना गरि सुदूरपश्चिमकाे धनगढीमा पनि राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे २९ बर्षिकाेउत्सब मनाइएकाे छ । महासंघ स्थापनाकाे २९ वर्ष पुरा गरि ३० बर्षमा प्रवेश गरेको उपलक्ष्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले बुधवार सराेकारवाला बाेलाएर भव्यताका साथ मनाएकाे हाे ।
दिप प्रज्वलन गरेर केक काट्नुअघि अन्तरकृया समेत गरिएकाे थियाे । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिमका पुर्व अध्यक्ष भिम बहादुर शाह, रामचन्द्र जोशि, ईन्द्र पाली , फाया नेपालका लाल बहादुर महरा,समाज सेवा डोटीका सचिदानन्द जोशि, रोसन,स्पाईनल ईन्जुरी पुनःस्थापन केन्द्रका प्रज्वल घिमिरे, हेमोफेलियाका सुबोधकाे उपस्थिति रहेकाे थियाे ।
यस्तै पत्रकार भवानी ऐर, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरश्चिम सचिव नन्दराज भट्ट,कार्यक्रम अधिकृत प्रिया खडका,उर्मिला जोशि, सरस्वती बुथाथोकि, निता विष्ट लगायतको महत्त्वपूर्ण उपस्थिति रहेकाे थियाे ।