Dashain Suvakamana

समानमा ५० पैसा बढी लिने व्यापारीलाई एक हजार जरिवाना

टीकापुर । अधिकतम खुद्रा विक्री मूल्य दुई रुपियाँ पर्ने स्याम्पूलाई पचास पैसा बढी लिने व्यापारीलाई एक हजार रुपियाँ जरिवाना गरिएको छ ।
टीकापुर नगरपालिका–१ का उपभोक्तासँग विक्रेताले दुई रुपियाँ पर्ने स्याम्पूको मूल्य दुई रुपियाँ पचास पैसा लिएपछि उपभोक्ताले नगरपालिकामा आफू ठगिएको गुनासो गरेका थिए ।

‘फूटकरमा अधिकतम खुद्रा विक्री मूल्यभन्दा धेरै लिएपछि हिसाब मिलाउन समस्या भएर होला भन्ने लाग्यो,’ ती उपभोक्ताले भने, ‘२५ वटा किन्दा पनि उही मूल्य लिएपछि ठग्ने नियत नै रहेछ भन्ने लागेर गुनासो गरेँ ।’ उपभोक्ताले २५ वटा स्याम्पु किन्दा पनि हरेकको दुई रुपियाँ पचास पैसाका दरले ६२ रुपियाँ पचास पैसाको बील काटिएको छ । एमआरपी भन्दा बढी राख्न पाइदैन थोक खरिदको छुट पनि दिइएको छैन्  कम्पनीसँग बुझ्दा पनि दुई रुपिया भन्दा बढीको बील लेख्न मिल्दैन भनेको छ ।

उपभोक्ताले सामान किन्दा कति लडने ? ती उपभोक्ताले भने। उपभोक्ताको गुनासोपछि कानुनमा भएको व्यवस्था अनुसार न्यूनतम शुल्क जरिवाना गरिएको टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख रन्जु आचार्यले बताए। आचार्यले भने,  ‘मर्का सानो ठूलो भन्ने हुँदैन,  ‘उपभोक्ताको गुनासो आएपछि कानुन अनुसार गर्नैपर्ने हुन्छ त्यसैले व्यवसायीहरुले उपभोक्ताको गुनासो नआउने गरी व्यवहार गर्नुपर्छ ।’

बजारमा ठगीमा परे पनि न्यायका लागि गुनासो गर्ने संस्कृति कम भएको बेला उपभोक्ताले गुनासो गर्नु र विक्रेताले कमजोरी महसुस गर्नु सकारात्मक अभ्यास भएको उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुर नगर समितिका अध्यक्ष शेरबहादुर विष्ट बताउद्छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.