‘राजनीतिकरुपमा आत्तिएकाबाट भ्रम छर्न मात्रै आराेप’

धनगढी । सुदूरपश्चिम प्रदेश खेलकूद परिषदले नेपाल कम्यूनिष्ट पार्टीको विज्ञप्ती ‘राजनीतिकरुपमा आत्तिएकाबाट भ्रम छर्न मात्रै लगाइएकाे आराेप भनेकाे छ । धनगढीका सञ्चार माध्यमलाई मेल गरेर पठाएकाे पत्रमा  सुदूरपश्चिम खेलकूद परिषद र सदस्य सचिवलाई जोडेर लगाइएका आराेपमा आफ्नो ध्यानकर्षण भएको जनाएको छ । 

सुदूरपश्चिम प्रदेश खेलकूद परिषदले न्युन वजेटमा निक्कै धेरै गतिविधी गरिरहेको छ । परिषदले गरेका राम्रा गतिविधिबाट राजनीतिकरुपमा आत्तिएकाहरुबाट प्रभावित भएर नेपाल कम्यूनिष्ट पार्टी ले विज्ञप्ती प्रकाशित गरेको हाम्रो ठहर छ परिषदका सदस्य सचिव दीपकबहादुर सिंहद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

उनले नेपाल कम्यूनिष्ट पार्टीले विज्ञप्ती उठाएका विषय आफूहरुलाई निरुत्साहित गर्ने ढंगले आएको बताएका छन् । विज्ञप्तीमा अतिरञ्जितरुपमा फैलाइएका निराधार, तथ्यहीन कुराबाट भ्रममा नपर्न सम्पूर्ण सञ्चारकर्मी, खेलकूदप्रेमी र आमजनसमुदायमा आग्रह गर्दछौ समेत भनिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.