सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव सिंहलाई भ्रष्टाचार र याैन दुर्ब्यवहारकाे आराेप

धनगढी ।  सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहलाई कारबाही गर्ने चेतावनी दिएको छ। बुधबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीको कैलाली जिल्ला जनअदालत न्याय तथा कानुन विभागले विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएको हो।

भ्रष्टाचार र याैन दुर्ब्यवहार लगायतका आराेप लगाउदै विभागका प्रमुख अविनाशले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘तपाइको काम कारबाहीको सुक्ष्म अध्ययन, अनुसन्धान जारी रहेको जानकारी गराउदछौँ। निम्न लिखित कुराहरूको बारेमा तपाईले प्राप्त गरेको पत्रको बाटोको म्याद बाहेक २५  दिनभित्र आवश्यक कागजात प्रमाणसहित हाम्रो कार्यालयमा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ। अन्यथा न्याय तथा कानुन विभागको ऐन, नियम र कानुनअनुसार जनकारबाही गरिने छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.