धनगढी । बझाङकाे बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिएका छन् । रारुका २२ वर्षीया गीता पार्की, उहाँकी पाँच वर्षीया छाेरी र तीन वर्षीया छाेरा भुपेन्द्र पार्की झुन्डिएकाे अवस्थामा भेटिएका हुन् ।
स्थानीय वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहका अनुसार गएराति मात्रै मृतक गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका थिए । घटनाकाे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टाेली घटनास्थलतर्फ जाँदैछ ।