प्रहरीमाथि आक्रमण गर्ने २ जना डडेल्धुरामा पक्राउ

डडेल्धुरा । डडेल्धुरामा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात गर्ने जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ का उत्तम बिष्ट र समशेर बिष्ट पक्राउ परेका हुन्।

‘दुबै जना डडेल्धुरा अस्पतालमा मादक पदार्थ सेवन गरेर बिरामीको कुरुवा आएका थिए,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उमाकान्त जोशीले भने, ‘अस्पतालमा होहल्ला गर्न थालेपछि प्रहरी टोली पठाएका थियौं। प्रहरीमाथि नै हातपात गरेपछि दुबै जनालाई पक्राउ गरिएको छ।’

पक्राउ परेका दुबै जनामाथि अभद्र व्यवहारमा मुद्धा चल्ने प्रहरी निरीक्षक जोशीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.