धनगढी । शाररीक अपाङ्गता भएका व्यक्तिहरुकाे हक अधिकारकालागि साझा संस्थाकाेरुपमा सुदूरपश्चिम प्रदेशमा पहिलाे पटक नयाँ संस्था खडा भएकाे छ । मंगलवार अपाङ्गता अभियानकर्मी भीमवहादुर शाहकाे नेतृत्वमा सुदूरपश्चिममा राष्ट्रीय शाररीक अपाङ्ग महासंघ नेपालकाे ११ सदस्यीय तदर्ष समिति गठन भएकाे हाे ।
जस्काे सचिवमा कञ्चनपुरका जीवन भट्ट र काेषाध्यक्षमा अनिता ढुङ्गाना रहेका छन् । यस्तै सदस्यहरुमा भवानी ऐर, बिष्णुदेव जाेशी, अच्युत जाेशी, शराेज भट्ट, खडक वुढा, मन्जु चाैधरी, कलप सिंह वडायक, लोकेन्द्र वहादुर बुढा चयन भएका छन् ।
काठमाण्डाैंमा केन्द्रीय कार्यालय रहेकाे राष्ट्रीय शाररीक अपाङ्ग महासंघ नेपालका महासचिव रमेश लामा, सचिव कृष्ण गाैतमकाे नेतृत्वमा आएकाे केन्द्रीय टाेलीले कैलाली, कञ्चनपुर लगायत डाेटी, अछाम, बझाङ्गका अपाङ्गता भएका व्यक्तिहरुलाई धनगढीमा भेला गराई साे नयाँ संस्था गठन गरेका हुन् ।