धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए।
मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्। सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा प्राप्त भएको बताए । ‘उहाँले हिजो राजीनामा पत्र बुझाउनु भएको छ । तर, स्वीकृति गरिएको छैन र के गर्ने भन्नेमा म परामर्शमा छु’, सभामुख भण्डारीले भने ।
थापा नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। उनी यसअघि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत भएका थिए। राजीनामा बुझाएका थापा अहिले फोन स्विच अफ गरेर बसेका छन् ।
