असार ९ गतेदेखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप लगाइने

धनगढी । सुदूरपश्चिम प्रदेशको तीन जिल्लाका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ ।पहिलोचरण अन्तर्गत कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई फाइजर खोप लगाइने प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएकाे हाे ।

यहि असार ९ देखि १५ गतेसम्म ती उमेर समूहका बालबालिकालाई खोप लगाउन थालिने छ । कैलालीमा सो उमेर समूहका जम्मा एक लाख ४३ हजार ९३४ जना बालबालिकालाई खोप लगाइने जनाइएको छ । असार ९ गतेदेखि बालबालिकालाईहरुलाई विद्यालयमै कोरोनाविरुद्धको खोप प्रदान गरिने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । ‘सो उमेर समूहका विद्यालय नजाने बालबालिका पनि छन्’, सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले भने । ‘तिनीहरु र छुटफुट अरुलाई मध्यनजर गरेर अन्तिम दिन स्वास्थ्य संस्थामा खोप लगाउने कार्य हुनेछ ।’

यो खोप सुरक्षित रहेकाले आ–आफ्ना बालबालिकालाई खोप लगाउन दिन मन्त्रालयले आग्रह गरेको छ । फाइजर खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन स्वीकृति दिएको फाइजर खोप बायाँ पाखुराको मासुमा लगाइन्छ । नेपालमा यसअघि फाइजरकै खोप १२ वर्षभन्दामाथिका बालबालिकालाई लगाइ सकिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.