धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल जीत नजिक

धनगढी । सुदूरपश्चिम प्रदेशकाे एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी) जित नजिक पुगेका छन् । आधा भन्दा बढी मतगणाना भईसक्दा उनी निरन्तर अग्रता लिइरहेका छन् । धनगढीमा खसेकाे ६३७१५ मत मध्ये ४२ हजार २३० मतगणना हुँदा हमालले प्रतिस्पर्धीसँगको अन्तर फराकिलो बनाइसकेका छन् ।

हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । यो दोस्रो स्थानमा रहेका ओडको भन्दा दोब्बरले बढी हो । कांग्रेसका ओडले जम्मा ९ हजार ५५७ मतमात्रै पाएका छन् ।मेयरमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा भने माओवादी केन्द्र र एमालेका उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ । माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई एमालेकी कन्दकला रानाले ८१४१ मतका साथ पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५०३६ मत पाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.