प्रश्न उठाउने पत्रकार जनप्रतिनिधि बनेर जवाफ दिने ठाउँकाे तयारीमा

डल्डेधुरा । स्थानीय तह निर्वाचनमा होमिने पत्रकारहरुको संख्या ठूलो छ। पत्रकार महासंघबाट राजीनामा दिएर स्थानीय तहको पदाधिकारी तथा सदस्यमा उनीहरुले मनोनयन दर्ता गराइसकेका छन्।

पालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षमा पत्रकार पनि प्रतिस्पर्धामा छन्। उम्मेदवारी दिने अधिकांशको फरकफरक आवाज छ। पत्रकारिता गर्दागर्दै विकृति विसंगति बुझेकाले त्यसको समाधान गर्न उम्मेदवारी दिएको भवानी सिंह ऐर बताउद्छन । उनले डडेल्धुराकाे अजयमेरु गाउँपालिका वडा नम्बर १ काे वडाअध्यक्षकाे पदमा माओवादी केन्द्रकाे तर्फबाट उम्मेदवारी दिएका छन् ।

‘पत्रकारिता गर्दाखेरि हामी विकृति विसंगति र खासगरी स्थानीय निकायसँग प्रत्यक्ष सरोकार राख्ने निकाय हो। यसबारेका कुरा हामी उठाउँदै आएका नै हौँ। त्यसमा हामीले चित्तबुझ्दो जवाफ पाइरहेका छैनौँ। यस्तो अवस्थामा म आफैँले अवसर पाएँ र जनताबाट निर्वाचित भएर काम गर्ने अवसर पाएँ भने केही फरक गर्छु भन्ने अठोट लिएको छु,’ उनले भने।

पत्रकारितामा एउटा दायरा हुने र त्यो दायराभन्दा अघि बढेर धेरै गर्न नसकिने उनको बुझाइ छ। त्यसैले उनी भन्छन्- ‘हामी प्रश्न उठाउन त सक्छौँ, जवाफ दिन सक्दैनौँ। म चाहिँ जवाफ नै दिने ठाउँमा बसेर काम गर्न चाहन्छु।’ उनको सबैभन्दा ठूलो गुनासो भनेको महङ्गो चुनावलाई लिएर रहेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.