मुख्यमन्त्री भट्टद्वारा नयाँ वर्ष एवं बिशु पर्वको शुभकामना
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले नयाँ वर्ष एवं सुदूरपश्चिमेलीकाे महत्वपूर्ण पर्व बिशु २०७९ को सुखद् अवसरमा प्रदेशसहित देश, विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री भट्टले आज विहीवार जारी सन्देशमा नयाँ वर्षले सबैका भावना र विचारलाई अझ प्रकाशमय बनाई सकारात्मक साेचसहित प्रदेशकाे समृद्धि र विकासकालागि प्रेरणाा मिलाेस भन्ने शुभेच्छा ब्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा भनिएकाे छ- ‘नयाँ वर्ष एवं बिशु पर्वले हामी सबैमा खुशी साटासाट गर्दै आगामी वर्ष हर्साेउल्लासकासाथ सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं दीर्घायुकाे कामनासहित सामाजिक न्याय सद्भाव सुमधुर सम्बन्ध बढाउन सकाेस भन्ने कामना गर्दछु ।’
