एमसीसीविरुद्धकाे आन्दोलनमा घाइते डडेल्धुराका अवस्थी डिस्चार्ज

धनगढी । एमसीसीबिरुद्धकाे आन्दाेलनमा गत फागुन १२ गते घाईते भएका हेमराज अवस्थी अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरीले आज एक विज्ञप्ती जारी गर्दै अवस्थी उपचारत अस्पतालबाट डिस्चार्ज भएको जानाएकाे हो ।

डडेलधुरा नवदुर्गा गा.पा ५ सिरोड घर भई हाल जिल्ला ललितपुर टिकाथली बस्ने बर्ष ३० को अवस्थी ४ बजे समयमा नयाँ बानेश्वर इलाकामा घाइते भएका थिए र प्रहरीले तत्कालै उद्दार गरी एभरेष्ट हस्पिटल, नयाँ बानेश्वरमा उपचारको लागि पुर्याएको थियो ।

प्राथमिक उपचार पश्चात निजलाई एभरेष्ट हस्पिटल, नयाँ बानेश्वरबाट थप उपचारको लागि नेशनल ट्रमा सेन्टर बीर अस्पताल लगिएकोमा तहाँबाटसमेत थप उपचारको लागि १७ः४५ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा लगेर उपचार गरिएको प्रहरीले जनाएको छ ।

उनको उपचारको लागि तत्कालै  ‘O’ Negative Blood आवश्यक परेकोले प्रहरी गण नं. १ नक्सालका एक प्रहरी जवानले  रक्तदान समेत गरी उनकोे उपचार भएको र यही २४ गते अन्नपूर्ण न्यूरो अस्पतालबाट अवस्थी उपचार पश्चात डिश्चात भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.