धनगढी-पोखरा सिधा उडान सुरु, यात्रुहरुलाई प्रदेश सरकारद्वारा स्वागत

धनगढी । बुधवारदेखि बुद्ध एयरले हप्तामा तीन दिन धनगढी–पोखरा सिधा उडान सुरु गरेछ ।पर्यकीय नगरी पाेखरासँग सिधा उडान सुरु भएपछि सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायीमा उत्साह थपिएको हाे।

बुद्ध एयरले धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको छ। बिहान ११ः ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः ५० मा फर्किनेछ। ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ।

नेपालको प्रमुख पर्यटकीयस्थल पोखरासँग सुदूरपश्चिमको सीधा उडानले आन्तरिक एवं वाह्य पर्यटक आगमनमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ।  पोखरासँग सुदूरपश्चिमको सीधा सम्पर्कले पर्यटन प्रवद्र्धनमा टुलो टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले बताए। धनगढीबाट पोखरा मात्र होइन अन्य सहरमा पनि यसै गरी उडान गरेर सुदूरपश्चिमको सम्बन्ध जोड्नुपर्ने व्यवसायीको माग छ।

पर्यटन व्यवसायसँगै सुदूरपश्चिमको विकासका लागि पनि प्रत्येक सहरसँग हवाई सम्बन्ध जोड्न प्रदेश सरकारले पहल गर्ने उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले बताए। ‘धनगढी–पोखरा नियमित उडान सुदूरपश्चिमका लागि कोशेढुंगा सावित भएको छ, अन्य सहरसँग पनि यसैगरी सम्वन्ध विस्तार गर्न संघ र प्रदेश सरकाले भुमिका खेल्नेछ।’

दैनिक १३ सयको हाराहारीमा धनगढी–काठमाण्डौँ र काठमाण्डौँ–धनगढी यात्रा गर्दै आएको धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए। ‘उडानसंख्यासँगै यात्रुहरुको चाप पनि बढ्दै गएपछि वार्षिक विमानस्थल कार्यालयको आम्दानी ३ करोड पुग्ने निश्चित छ।’ उडान सुरु भएकाे आज पाेखराबाट धनगढी आएका हवाई यात्रुलाई सुदूरपश्चिमका पर्यटन र आर्थिक मामला मन्त्रीहरुले धनगढी एरपाेर्टमा स्वागत गरेका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.