भोलीकाे प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल नहुने

काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ।  माघ २६ गते बुधबारका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको छ।

साथै सभामुखले नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य ७८ वर्षीय जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

अमेरिकी सहयोग परियोजना एमसिसी टेबल हुने चर्चा भए पनि संभावित कार्यसूचीमा राखिएको छैन। र भाेलिकाे प्रतिनिधिसभा बैठकमा एमसीसीबारे कुनै छलफल नहुने भएकाे हाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.