वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णय

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ।आज बसेकाे मन्त्रिपरिषद्को बैठकले चुनावको मिति तय गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।

उनले भनिन्, “संविधानलाई मानेर हामीले आवधिक चुनाव गर्न गइरहेका छौँ। समयमै चुनाव गर्ने विषय सरकारको प्राथमिकतामा पहिलादेखि नै थियो।” “आगामी वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने भन्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।’

चुनावको मिति तोक्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका अधिकारीहरूसँग वैशाख ३० मा चुनाव सम्पन्न गर्न सकिने विषयमा राय माग गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.