ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी अठार वर्षपछि पक्राउ

कञ्चनपुरमा ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी अठार वर्षपछि पक्राउ परेका छन्। बेलडाँडी गाउँपालिका–१ का ४२ वर्षीय देव सिंह धामीलाई प्रहरीले अठार वर्षपछि आज पक्राउ गरेको हो।

वारदात गरी विसं २०६० साल जेठ १५ गतेदेखि धामी फरार रहेका उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताएका छन्।

दोधारा चाँदनी नगरपालिका–१ मा लुकिछिपी बसेका बेला धामीलाई पक्राउ गरीएको उनले बताए। पक्राउ परेका धामीलाई प्रहरीले आज कञ्चनपुर जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.