धनगढी । नेपाल सरकार मन्त्रीपरिषद् बैठकले डडेलधुरामा मेडिकल कलेज स्थापना गर्न सैद्धान्तिक सहमति गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको हाे ।
त्यस्तै सोमबारको मन्त्रिपरिषद् बैठकमा स्थानीय निर्वाचनको बारेमा भने केही कुरा नभएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको रथी दरबन्दी थपको विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएन।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको भन्दै कतिपयले चिकित्सा शिक्षा सुधारको आन्दोलनमा लागेको डा.गोविन्द केसीको माग बमोजिम सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न लागेको प्रस्ट्याएका छनभने कतिपयले अरबाैंकाे लगानीमा गेटामा बनेकाे मेडिकल कलेज सञ्चालन कार्यविधि बनाउन छाेडेर सस्ताे लाेकपृयताका लागि भनिएकाे भन्दै देउवा सरकारकाे खिल्लि उडाएका छन् ।
डडेलधुरा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो।