हिमपातका कारण सुदूपश्चिमका पहाडी सडक अवरुद्ध

डडेल्धुरा । डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात भएपछि यहाँका मुख्य सडक भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध बनेका छन्।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ। हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसाधन राजमार्गमै रोकिएका छन्। यात्रु बाटोमै अलपत्र परेको बताइएको छ। मङ्गलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भएको हो।

भीमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा आज बिहानदेखि सडक अवरुद्ध भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। उनका अनुसार सडक क्षेत्रको हिउँ पन्छाउन डोजर पठाइएको छ । जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ।

डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.