डाेटी पुगेका मुख्यमन्त्री भट्ट सिलन्यास, उद्घाटन र अनुगमनमा ब्यस्त
धनगढी । दुईदिनदेखि गृहजिल्ला डाेटीमा रहेका मुख्यमन्त्री त्रिलाेचन भट्ट विभिन्न याेजनाहरुकाे सिलन्यास, उद्घाटन तथा अनुगमनमा ब्यस्त रहेका छन् ।
आईतवार डाेटीस्थित राजपुर-फलेडी-धिर्कामाण्डाैं-अत्तरकाडाँ सडककाे अनुगमन गरेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले साेमबार आधा दर्जनबढी कार्यक्रममा सहभागी भएका छन् ।
उनले आज नै डाेटीकाे राजपुरमा प्रदेशमै पहिलाे पटक बायाेमेडिकल कार्यशालाकाे उद्घाटन गरे । त्यसपछि दिपायलस्थित द्वारी खोला माथि ७० मिटर उचाइमा २०० मिटर लामो कोटभैरब र दुधेश्वर मन्दिर जोड्ने पुलको सिलान्यास गरे ।दुई डाडाँमाथि रहेका धार्मिक स्थलको एकै चोटी दर्शन गर्न पाइने र आन्तरिक तथा बाह्य पर्यटकलाइ लोभ्याउन उक्त पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकोछ ।
मुख्यमन्त्री भट्टले कामलाइ छिटो छरितो, टिकाउ बनाउनुपर्ने बताउदै नगरपालिकाबाट बजेट अपुग भए प्रदेसबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । दिपायल सिलगढी नगपालिका र सुदूरपश्चिम प्रदेशको कुल ८६ लाख ३८ हजार ७ सय लागतमा निर्माण हुन लागेको झोलुङ्गे पुलको लम्बाई २०० मिटर रहेको छ । त्यसपछि आज नै मुख्यमन्त्री भट्टले सिलगढी झिग्राना पर्यटकिय सड्क खण्डको अनुगमन गरे ।
प्रदेश सरकारको लगानीमा निर्माण भएको उक्त सड्क खण्ड निर्माण प्रकृयाका बारेमा अध्ययन अनुगमन गर्न बगलेक पुगेको मुखयमन्त्री भट्ट सहितको टोलीलाई बगलेक बासीले फुलमाला पन्चेवाजाले स्वागत गरेका थिए । बगलेकका स्थानीयसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले सड्क निर्माण कार्य आफैले सुरु गरेकोले आफ्नो पहिलो प्राथमिकतामा सिलगढी झिग्राना सड्क खण्ड रहने बताए । साे क्रममा मुख्यमन्त्री भट्टले निर्माण यथासक्दो चाडो गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए ।