यसरी सम्पन्न भयाे च्वाँगढकाे कालपोखरी मेला
बैतडी । बैतडीको च्वाँगढ क्षेत्रको सिगासमा दुई दिनसम्म लाग्ने कालपोखरी मेला सम्पन्न भएको छ । मनोकाक्ष पूरा हुने विश्वासकासाथ रातभर जाग्राम बसेर पूजा आराधना गर्दै मनाईने मेला यस बर्ष मंगलबार सम्पन्न भएकाे हाे ।
मङ्सिर दशमीको दिन लाग्ने कालपोखरी मेलामा बैतडीसँगै छिमेकी जिल्ला बझाङका हजारौं तीर्थालु आएको स्थानीय सुरेन्द्र साउदले बताए । बैतडीको सिगास गाउँपालिका–८, मा लाग्ने कालपोखरी मेलामा महिला, पुरुषहरु छुट्टाछुट्टै देउडा खेलमा रमाएका थिए । कठ्याङ्ग्रिदो जाडोको प्रभाव नगरी श्रद्धालुहरुले मेलामा रमाइलाे गरेकाे मन्दिरका भणरे ( भण्डारी) धनबहादुर ऐरले जानकारी दिए ।
गोठालाले फेला पारेको कालपोखरी देउताको महिलाका बारेमा जानकारी दिंदै भडारी ऐरले भने, “कालपोखरी देउता लेकाल ऐरले पाएको र धामीले रोजेको ठाउँ हो । मेलामा मनोकामना पूरा हुने विश्वासले सिगास गाउँपालिकाका स्थानीय रातभर जाग्राम बसेर पूजा आराधना गर्न आउने गरेका छन् ।”