प्रेस सेन्टर सुदूरपश्चिम अध्यक्षमा पत्रकार बोहरा निर्वाचित

धनगढी । प्रेस सेन्टर नेपालकाे सुदूरपश्चिम प्रदेश अध्यक्षमा पत्रकार भुवन बोहरा निर्वाचित भएका छन् । साेमबार धनगढी भएको सेन्टरको दोस्रो प्रदेश अधिवेशनबाट बोहराको नेतृत्वमा ४१ सदस्यीय कमिटी निर्बराेध चयन भएकाे हाे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले उद्घाटन गरेकाे सम्मेलनकाे बन्दसत्रले कमिटीकाे वरिष्ठ उपाध्यक्ष सम्राट सिह, खुल्ला उपाध्यक्ष पदम बोहरा, समावेशी उपाध्यक्ष प्रेम नेपाली, सचिव कर्ण बहादुर चन्द, खुल्ला सचिव लखन बहादुर चौधरी, मोहन बिष्ट, हरिश नेपाली, दलित सचिव समावेशी सुरेन्द्र ताम्राकार, जनजाती सचिव पहिलाद राना, मधेशी सचिव धनराज बिक, महिला सचिव सोभा नेपाली, सचिव शान्ती बोहरा, कोषाध्यक्ष घन्श्याम पौड्यल चयन भएका छन् ।May be an image of 10 people and people standing

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.