देशभर आज छठ पर्व मनाइँदै, मुख्यमन्त्री भट्टद्वारा शुभकामना ब्यक्त

धनगढी । छठ पर्वको मुख्य दिन आज बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।

त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन भन्ने विश्वासकासाथ छठ मनाउने परम्पराको थालनी भएको हो। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । यही अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले शुभकामना सन्देश ब्यक्त गर्दै देश विदेशमा रहेका प्रदेशबासी सम्पूर्णमा सुख-शान्ति, समृद्धि एवं सु-स्वास्थ्यकाे कामना गरेका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले छठ पर्वले सामाजिक एवं संस्कृतिक एकता तथा पारिवारिक सदभाव सुमधुर बनाउनमा सघाउ पुर्याउन प्रेरणा प्रदान गराेस् भन्ने कामना समेत गरेका छन् । काेभीड-१९ लाई मध्येनजर गरेर स्वास्थ्य सम्बन्धिका मापदण्ड अपनाएर सावधानीकासाथ पर्व मनाउन पनि उनले आग्रह गरेका छन् ।

No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.