‘आपसी सदभाव र समाजिक एकता तिहारले बढाओस्’ मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले स्वदेश तथा बिदेशमा रहेका प्रदेशवासीकाे नाममा दिपावलीकाे शुभकामना सन्देश ब्यक्त गरेका छन् ।

उज्यालाेकाे पर्वकाे रुपमा चिनिने दिपावली एवं तिहारले एक आपसमा सदभाव, भातृत्व र एकताकाे सुत्रमा आबद्ध गरी एक-आपसमा खुशियाली साटासाट गर्दै सामाजिक एकता बढाईरहेकाे उल्लेख गर्दै मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा सम्पूर्ण प्रदेशबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तराेत्तर प्रगतिकाे कामना ब्यक्त गरेका छन् ।

मुख्यमन्त्री भट्टले काेभिड-१९ काे प्रभाव अझै रहेकाले स्वस्थ्य सम्बन्धिका मापदण्ड अपनाएर दिपावली पर्व मनाउन आग्रहसमेत गरेका छन् । No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.