तत्काल र दीर्घकालिन याेजनाकासाथ प्रदेश सरकार सहयाेग गर्छ: मुख्यमन्त्री
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले बाढी पहिराेजस्ता प्राकृतिक प्रकाेपमा सबै एकजुट भएर प्रभावितकाे उद्दार गर्नुपर्ने बताएका छन् । हालैकाे बर्षातले ल्याएकाे बाढी पहिराेबाट प्रभावित क्षेत्रकाे अनुगमन तथा रहात बितरणका क्रममा डाेटीकाे सायल-५, देवारमाण्डु पुगेर मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।
मुख्यमन्त्री भट्टले स्थानीय बासिन्दालाई सम्बाेधन गर्दै बिपतकाे यस घडिमा केही रहात पुग्नेगरी सरकारले तत्कालिन प्याकेज र दीगाे गरी समस्य समाधानकालागि दीर्घकालिन याेजनकासाथ सक्दाे सहयाेग गर्ने बताए । धेरैजसाे ठाउँमा विकासकाे नाममा कच्चा काम गर्दा विनास निम्त्याएकाे भन्दै उनले अव पनि सचेत नभए महाभूल हुने बताए । समस्या समाधान र दीगाे विकासकालागि प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँग समन्वय गरेर अगाडी बढ्ने बताए ।
मुख्यमन्त्रीसँगै कार्यक्रममा कानूनमन्त्री पुर्णा जाेशीले सरकारी प्रावधान अनुसार बाढीपीडित जनतालाई राहत प्रदान गरिने बताइन् । प्रदेशसभा सदस्य भरत खड्का लगायत १ दर्जनभन्दा बढी विशिष्ट व्यक्तिहरु सायल पुगेर फर्केका थिए । यसअघि मुख्यमन्त्री भट्ट लगायत मन्त्रिसम्मेलित सरकारी टोलीले सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभाबित जिल्लाहरु डोटी, बझाङ र बैतडीमा राहत र क्षतिको अबस्थाको अनुगमन गरेका थिए ।