प्रदेश सरकारकाे रहात सामग्री बझाङ पुग्याे, बैतडी र डाेटीमा भाेलि
धनगढी । हालैकाे बर्षाले निम्त्याएकाे बाढीपहिराे प्रभावितहरुकाे दु:ख कष्टमा सुदूरपश्चिम सरकारले राहत उद्दार तथा व्यबस्थापन लगायतका प्याकेज बनाएर कार्य सुरु गरेकाे छ । बाढी पहिराे प्रभावितलाई रहात बाँड्नेक्रममा आज अतिप्रभावित बझाङकाे खप्तडछान्ना, थलारा लगायतका गाउँमा रहात पुराइएकाे सरकारका प्रबक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री पुर्णा जाेशीले जानकारी दिइन् ।
आज हेलिकप्टरमार्फत प्रदेशका पहाडी जिल्ला डाेटीकाे आदर्श गाउँपालिका, बैतडीकाे ढुङ्गाड र बझाङकाे खप्तडछान्ना, थलारा लगायतका अतिप्रभावित स्थानमा राहत सामग्री पठाउने कार्यक्रम भएपनि बझाङमा मात्रै पुराउन भ्याइएकाे मन्त्री जाेशीले बताइन् ।
भाेली बिहानै एक चरण बैतडीकाे शिवनाथ र डाेटीमा खाध्यान्न लगायतकाे स्वास्थ्य सामाग्री पुराएपछि मात्रै हामी त्यसतर्फ जाने उनकाे भनाई छ । उता बैतडीकाे ढुङ्गाडका स्थानीयले आफुहरुलाई रहात भन्दापनि बस्ति नै सखप भएकाेले पुनर्स्थापना गरिनुपर्ने माग गरेकाे मुख्यमन्त्री सचिवालयले जानकारी दिएकाे छ ।
हेलिकप्टरमा जान पाउनुपर्ने भन्दै नेताबीच हानथाप
अति प्रभावित बझाङ बैतडी र डाेटीमा आज दिनभर रहात सामाग्री पुराउने कार्यक्रम तय भएकाे भएपनि लैजान नसकिएकाे बेला नेताहरु भने मैले जान पाउनुपर्छ भन्दै हानथाप गरिरहेका छन् । कसैले मुख्यमन्त्रीसँग त कसैले मन्त्री जाेशीसँग आफुले जान पाउनुपर्ने भन्दै लबिङ चलाई रहेकाे स्राेतले बताएकाे छ । सबैजसाे राजनैतिक दलबाट एक/एक जना नभए सरकार बाहिर रहेकाे सबैभन्दा ठूलाे दल काँग्रेसबाट एक जना जान पाउनुपर्ने, यस्तै सरकार नजिक रहेका नेताहरुकाे पनि हानथाप भैईरहेकाे स्राेतकाे दावी छ ।
आपद् विपदमा जनतालाई नजिककाे सरकार अनुभूत गराउन र सक्दाे रहात, क्षतिपुर्ति तथा पुनर्स्थापनमा प्रदेश सरकार दृढताकासाथ लाग्ने बताउदै मुख्यमन्त्री भट्टले भने- ‘अहिले जान पाउनुपर्ने भन्ने उहाँहरुकाे भनाई जायज भएपनि विषम परिस्थितिमा कुनै तामझाम हुँदैन् ।’
प्रदेश सरकारका प्रबक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री पुर्णा जाेशीले जान पाउनुपर्ने भन्नेहरु धेरै जना भएपनि सरकारबाट मुख्यमन्त्री र आफु अनि सभामुख र एकजना माननीय यस्तै तीनवटै सुरक्षा निकायका प्रमुखहरु तीन/चार जना पत्रकारहरु र दुई जना जति पिएसओ रहन्छन हाेला, भनिन् ।