बिहानदेखि मुख्यमन्त्री भट्ट बाढीपहिराे प्रभावितकाे उद्दार व्यबस्थापनमा
धनगढी । तीन दिनदेखिकाे लगातार बर्षाले सुदूरपश्चिम प्रदेश थिलथिलाे भएकाे छ । बर्षासँगै आएकाे बाढी पहिराेमा परी ठूलाे धन जनकाे क्षति ब्यहाेरी रहेकाे र अझैपनि कतिपय स्थानीयहरु उद्दारकाे पर्खाईमा रहेकाेले सुदूरपश्चिम प्रदेश सरकार हरसम्भब प्रयास गरिरहेकाे देखिन्छ ।
प्रभावित क्षेत्रकाे स्थलगत अबस्था बुझ्दै हिजाे मंगलवार महाकालि नदी बीचमा फसेका ५ जनाकाे हेलिकप्टरबाट सफल उद्दार गरेकाे सरकारले हिजाे नै आकस्मिक बैठक गरी बाढी पहिराे प्रभावितकाे उद्दार तथा ब्यवस्थापनमा प्रत्येक जिल्लामा तत्काल २५ लाख र प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको थियाे ।
हिजाे अबेर रातिसम्म सुदूरपश्चिम प्रदेशका नाैंवटै जिल्ला प्रशासनमार्फत अवस्था बुझ्दै उद्दार तथा रहात व्यबस्थापनमा तत्परता देखाउन निर्देशत गरिरहेका मुख्यमन्त्री त्रिलाेचन भट्ट बुधवार बिहानैदेखि पुन उद्दार ब्यवस्थापनकाे कार्यमा जुटेका छन् । मुख्यमन्त्री भट्टकाे सचिवालयका अनुसार कर्णालीकाे बाढीले कैलालीकाे जानकी गाउँपालिकामा पुराएकाे क्षति र साेही गाउँमा बाढीमा फसेका तीन जनाकाे उद्दारकालागि बिहानै हेलिकप्टर पिरचालन भएकाे छ ।
मुख्यमन्त्रीका स्वकीय सचिब प्रेम कुँबर (प्रख्यात)ले भने- ‘सबैभन्दा बढी प्रभावित डाेटी, बैतडीको ढुंगाड र बझाङको थलाराका पीडितहरुको उद्धारका लागि अहिले नै नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेको छ ।’ उद्दारकासाथै हिजाेदेखी बन्द भएकाे टेलिफोन बिधुत र अन्य भाैतिक संरचना सुचारुकालागि सम्बन्धित निकायसँग मुख्यमन्त्रीले बारम्वार कुरा गरिरहेकाे उनले बताए ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खोज तथा उद्धार गर्नुपर्ने आवश्यक भएका अन्य ठाउँबारे जानकारी गराउन पनि अनुरोध गरेकाे छ ।