अवरुद्ध सुदूरपहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुलाइदै

धनगढी । पहिराेले अवरुद्ध भएकाे सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुलाइदैछ। वर्षाका कारण हिजो राति राजमार्गको भासु भीर लगायतका केही ठाउँमा  गएको पहिरोले राजमार्ग अवरुद्ध भएको थियाे ।

साेमवार विहानैदेखि डोजर लगाएर पहिरो पन्छाउने काम भैरहेकाेले केही बेरपछि अवरुद्ध सडक खुल्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यसअघि रातिकाे समय राजमार्ग अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.