प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले किन खोलेन दशैंअघि विज्ञापन ?

धनगढी । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम गठन भएको छ महिना बितेको छ । यस अवधिमा एक पटक पनि कर्मचारी भर्ना सम्बन्धिको विज्ञापन खोल्न सकेको छैन् । दशैंअघि नै कर्मचारी भर्ना खोल्न प्रदेश लोकसेवा आयोगले चालु आर्थिक वर्षको सुरुमै सरकारसँग कर्मचारी बिवरण माग गरेको भएपनि विज्ञापन गर्नुपर्ने कर्मचारीको बिवरण नपाएपछि दशैंअघि विज्ञापन खोल्न नसकिएको बताइएको छ ।

यसअघि बनेको प्रदेश लोकसेवा आयोग गठन सम्बन्धि विधेयकमा वाधा अडचन आउन सक्ने केहि बुँदालाई तीन पटक संसोधन गरेर प्रदेशसभाले पास गरिसकेको छ । आयोगका सचिव दुर्गादत्त बिष्टले अव विज्ञापन खोल्न आवश्यक सम्पूर्ण प्रक्रिया तयारी अवस्थामा रहेको बताए । उनले भने– ‘विज्ञापन गर्नुपर्ने कर्मचारीको बिवरण आउने बित्तिकै हामी विज्ञापन खोल्छौं ।’ आयोगलाई खाली दरबन्दी रहेका आबश्यक कर्मचारीको बिवरण प्रदेश सरकार र स्थानीय तहहरुले नदिएको उनको भनाई छ ।

सुदूरपश्चिम प्रदेशमा २३५० कर्मचारी दरबन्दी खाली छ । कर्मचारी अभावमा कामकाज समेत प्रभावित भैइरहेको अवस्थामा अन्य प्रदेशमाझैं यहाँ कर्मचारी पदपूर्ति गर्न आयोगले किन ढीलाई गरेका बारे बुझ्दै जाँदा नयाँ रहस्या फेला परेको छ । प्रदेशमा लोकसेवा किन चाहियो ? भन्दै आलटाल गर्दै आएका सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीले विज्ञापन गर्नुपर्ने कर्मचारीको बिवरण नदिएपछि ढीलाई भएको रहेछ । साउन महिना प्रदेशमा आएका प्रमुख सचिब बुर्लाकोटीले लोकसेवालाई भर्ना गर्नुपर्ने कर्मचारी बिवरण नदिएपछि बिज्ञापन खोल्ने काम अन्याैलमै रहेकाे छ ।

यता सुदूरपश्चिम प्रदेश सरकारका एक मन्त्रीका अनुसार प्रमुख सचिव बुर्लाकोटीका हर्कत अनौठा छन् । कर्मचारी पदपूति, सरुवा वा कुनै पनि योजनाबारेका छलफल गर्दा आफु अनुकुल बनाउन खोज्छन् । र चित्त नबुझे उठेर जान्छन् । काम अड्काउन्छन् । उनको व्यबहारले सरकारलाई मात्रै नभएर सम्पूर्ण सुदूरपश्चिमेली जनताको भावनामाथि समेत खेलवाड भैइरहेको उनको दावी छ । लोकसेवालाई कर्मचारी बिवरण नदिनु सरकारका काम प्रभावित पार्नु र याहाँका बेरोजगार युवालाई अवसरवाट बञ्चित गर्नु हो, उनको भनाई छ ।

आर्थिक वर्षको सुरुमै नियमितरुपमा गरिने कर्मचारी सरुवाको खटनपटन पनि तीन महिना बित्नै लाग्दासम्म गर्न सकेको छैन् । स्रोतका अनुसार कर्मचारी सरुवा समितिमा छलफल नगरी प्रमुख सचिव बुर्लाकोटी आफै चलखेल गर्न लागेको गुनासो निजामती संघ/संगठनले गरेका छन् । यति मात्रै हैन, नाम नछाप्ने सर्तमा एक कर्मचारीले भने–‘उनी अन्य मन्त्रालयका सचिबसँग पनि झर्केर बोल्ने, तल्लो स्तरका कर्मचारी तथा कार्यालय सहयोगीहरुलाई जागिर खाई दिन्छु भन्दै धम्क्याउने गर्दथे ।’

उता, दशैं विदा हुनु भन्दा एक दिन अघि नै घर काठमाण्डौं हिडेका प्रमुख सचिव बुर्लाकोटीलाई बुझ्न खोज्दा उनको फोन उठेन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.