डडेल्धुरा र डोटी प्रदेशस्तरीय भलिबल प्रतियोगिताकाे फाईनल प्रवेश

धनगढी । धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा डडेल्धुरा र डोटी पुगेका छन्। आज शनिवार भएकाे सेमिफाइनलमा कैलालीलाई ३-१ ले पराजित गर्दै डोटी फाईनलमा पुगेको हाेभने डडेल्धुराले पनि कञ्चनपुरलाई ३-२ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ।

उपाधिका लागि डडेल्धुरा र डोटी भिड्ने छन्। आजै प्रतियोगिता सम्पन्न हुनसक्ने बताईएको छ। धनगढीमा जारी प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने छ। प्रतियोगिताको उपविजेतालाई नगद ५० हजारसहित ट्रफी दिइनेछ भने प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगदसहित ट्रफी दिइने छ।

यस्तै विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.