चार्डपर्वलाई लक्षित गर्दै कैलालीका ८ स्थानमा यात्रु सहायता कक्ष स्थापना

धनगढी । नेपालीहरुको महान चाँडपर्ब बिजया दशमी तथा दिपावली नजिकिएसंगै कैलालीको सुरक्षा ब्यबस्था कडा पारिएको छ । चाडपर्वलाई लक्षित गर्दै त्रिनगर नाका,  धनगढी बसपार्क सहित जिल्लाका ८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्तरिया बसपार्क,   त्रिनगर नाका,  धनगढी बसपार्क, बौनिया, लम्की, टिकापुर, सुख्खड र चिसापानीमा यात्रुहरुको सहज आवतजावत तथा सुविधाको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यस्तै जिल्लाका २ स्थानमा रिफ्रेस सेन्टर समेत स्थापना गरिएको छ । लामो रुपमा यात्रा गर्ने सवारी साधनहरुलाई मध्यनगर गर्दै चिसापानी र  सुख्खडमा गरी २ वटा स्थानमा रिफ्रेस सेन्टर स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

दसैँ तिहारमा हुने यात्रुको चाप, यात्रु माथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको उनले बताए ।चार्डपर्वको बेलामा कसैले पनि दुख नपाउन र सबैलाई सहजता प्रदान गर्नका लागि प्रहरीले ठाउँ ठाउँमा सेवा प्रदान गरिरहेको उनले बताए ।

चार्डपर्वका बेला कसैले यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिने जस्ता क्रियाकलाप गरेमा कानुन बमोजिम कारबाही गरिने समेत उनले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.