‘जेष्ठ नागरीकका अनुभव समाजकाे आर्थिक विकासमा महत्वपूर्ण’ मुख्यमन्त्री

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुने भएकाले उहाँहरुकाे ज्ञान, सीप र अनुभवलाई सामाजकाे आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन हुनुपर्ने बताएका छन् । एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन्।

जीवनको लामो समय घरपरिवार समाज र राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ प्रदेश सरकार अग्रसर रहेको उल्लेख गर्दै साेही अनुसार ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्य सम्पादन गर्न आग्रह गरे ।

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै सरकारले बिभिन्न कार्यक्रम तथा सेवा सुविधा प्रदान गर्दै आएकाे उल्लेख गर्दै  थप सुविधाको व्यवस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने उनले प्रतिबद्धता व्यक्त गरे । दिवसका अवसरमा मुख्यमन्त्री भट्टले सामाजिक, सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रवद्र्धन गर्न प्रदेशबासी सबैलाई आग्रह गर्दै शुभकामना व्यक्त गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.